जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता विनिता कठायतले जुम्लाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकी छन्।
कठायत मंगलबार जुम्ला निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन पत्र दर्ता गरेकी हुन्। उम्मेदवारी दर्तापछि उनले सदनमा त्यस्ता प्रतिनिधि आउनुपर्ने बताइन् जसले समग्र कर्णालीको भौगोलिक र सामाजिक वास्तविकता बुझ्दछ। साथै उनले आफूले जुम्लाका नागरिकको पीडा र व्यथा प्रतिनिधित्व गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
जुम्लाबाट महिला तर्फ प्रत्यक्ष चुनाव लड्ने एक मात्र उम्मेदवार भएकी कठायत यसअघि रास्वपाबाट प्रतिनिधि सभाकी समानुपातिक सदस्य बनेकी थिइन्।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार












प्रतिक्रिया