काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई सोमबार हाजिरी जमानीमा रिहा गरिएको छ।
पोखराबाट पक्राउ गरी काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले हाजिरी जमानीमा छोड्न आदेश दिएको थियो। रिहा भएपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईले सुरक्षित रुपमा छोडिएको जानकारी दिएका छन्।
प्रसाईंले निर्वाचन आयोगमाथि आरोप लगाउँदै ५२ करोड रुपैयाँ खर्च गरी कांग्रेसको विशेष महाधिवेशन पक्षलाई वैधता दिएको बताएका थिए।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार












प्रतिक्रिया