काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका पूर्वमहामन्त्री समेत रहेका विक्रम खनालको पछिल्लो राजनीतिक कदमले उनको वास्तविक राजनीतिक चरित्र उदाङ्गो बनाएको भन्दै चौतर्फी आलोचना भएको छ।
कांग्रेसबाट टिकट नपाएपछि रास्वपाको देशव्यापी ‘माहोल’ देखेर टिकटकै लागि हतारमा गरिएको रास्वपा प्रवेश व्यक्तिगत लाभ र तत्कालीन राजनीतिक फाइदासँग गाँसिएको भन्दै नवलपरासीका रास्वपा कार्यकर्ताहरु रुष्ट बनेका छन्।
रास्वपा स्थापना कालदेखि पार्टीमा खटिएका स्थानिय जिल्ला नेताहरूलाई पन्छाएर पैसा र पहुँचका आधारमा पार्टीले काङ्ग्रेसको नेतालाई टिकट दिएको भन्दै स्थानीय नेता कार्यकर्ताहरुले तिव्र असन्तुष्टि व्यक्त गरेका छन्। खनाल हिजो टिकेट प्राप्त गर्ने निश्चित भएपछि मात्र रास्वपा प्रवेश गरेका थिए।
टिकटका लागि अन्तिम क्षणमा खनालको रास्वपा समाहित राजनीतिक अवसरवादको ज्वलन्त उदाहरण भएको रास्वपा नपलपरासीमा टिप्पणी भइरहेको छ।
नवलपरासीका रास्वपा समर्थित जनता र स्थानिय नेता कार्यकर्तामाथी धोकाधडी भएको भन्दै नवलपरासीका रास्वपा नेता कार्यकर्ताहरु रुष्ट छन्।
लामो समय कांग्रेसको संगठन निर्माण, नेतृत्व र ‘सिद्धान्तको राजनीति’को भाषण गर्दै आएका खनाल पार्टीबाट टिकट नपाउने बित्तिकै दल परिवर्तन गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नुले उनको राजनीतिक नैतिकता भन्दा स्वार्थ र अवसरवादमा आधारित राजनीति रहेको चर्चा सुरु भएको छ।
प्रदेश महामन्त्री समेत भएका खनालले पार्टीभित्रको संघर्ष, धैर्य र आन्तरिक लोकतन्त्रभन्दा व्यक्तिगत महत्वाकांक्षालाई प्राथमिकता दिएको यो घटनाले टिकट केन्द्रित सत्ता–राजनीतिक दाउपेचको प्रत्यक्ष उपज भएको चर्चासँगै स्वार्थ केन्द्रित राजनीतिका कारण जिल्लामा उनको तीव्र आलोचना भईरहेको छ।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार













प्रतिक्रिया