काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेबाहेक अन्य कुनै दलले चुनाव जित्न नसक्ने दाबी गरेका छन्।
बुधबार झापामा आयोजित एमालेनिकट राष्ट्रिय युवा संघको कार्यक्रममा सम्बोधन गर्दै ओलीले एमालेसँग सुदृढ संगठन, सक्रिय कार्यकर्ता, समर्थक र शुभेच्छुक रहेको उल्लेख गर्दै चुनावी जितमा कुनै शंका नरहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै ओलीले ‘केही पनि नभएका मानिसहरूले हल्ला फैलाएर चुनाव जित्ने सपना देख्नु भ्रम मात्रै’ भएको टिप्पणी गरे। उनले बालेनको चुनावी अभियानलाई सामाजिक सञ्जालमा सीमित ‘तमासा’को संज्ञा दिए।
“हामीबाहेक अरु कसैले जित्दैन। हामीसँग संगठन छ, कार्यकर्ता छन्, समर्थक र शुभेच्छुक छन्। केही पनि नभएका मान्छेले हल्ला चलाइरहेका छन्। यो सामाजिक सञ्जालको तमासा मात्रै हो,” ओलीले भने।
ओलीले झापा–५ बाट उम्मेदवारी दिने बालेनसहित अन्य उम्मेदवारहरूले चुनाव हार्ने दाबीसमेत गरे। साथै, उनले बालेनसँग स्पष्ट भिजन, नीति, कार्यक्रम र गन्तव्य नरहेको आरोप लगाए।
“भिजन, नीति, कार्यक्रम र गन्तव्य केही छैन। हिँड्दैमा कहाँ पुगिन्छ? ट्रेडमिलमा दौडिएर गन्तव्यमा पुगिँदैन। सामाजिक सञ्जालले प्रेरित यस्तो यात्रा आक्रोश र आवेगमा आधारित हुन्छ,” ओलीले टिप्पणी गरे।

advertisement

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com