इस्लामावाद/कराँची। कराँचीको गुल प्लाजा शपिङ सेन्टरमा भएको आगलागीमा मृत्यु हुनेको संख्या कम्तीमा ६१ पुगेको छ। अधिकारीहरूले शनिबारको भयावह आगलागीपछि ८० भन्दा बढी व्यक्ति अझै हराइरहेको बताएका छन्।
कराँची दक्षिणका डेपुटी इन्स्पेक्टर जनरल सैयद असद रजाले डन दैनिकलाई बताएअनुसार, ३० शव ‘दुबई क्रोकेरी’ नामक पसलमा फेला परेका छन्। आगलागी सुरु भएसँगै पसलभित्र होहल्ला र भागदौड हुँदा सम्भवतः केही व्यक्ति पसलको ढोका बन्द गरेर बसेको हुन सक्ने अनुमान गरिएको छ।
सिन्धका मुख्यमन्त्री मुराद अली शाहले मृतकको संख्या बढेकोमा दुःख व्यक्त गर्दै सबै शव निकालिएपछि मात्र भग्नावशेष हटाउने निर्देशन दिएका छन्।
अधिकारीहरूले शवको डीएनए नमुना सङ्कलन गरी पहिचानको काम जारी राखेका छन्। बेपत्ता व्यक्तिको संख्या धेरै भएकोले मृतकको संख्या अझ बढ्न सक्ने चेतावनी पनि दिइएको छ।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार













प्रतिक्रिया