काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँचीमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये चार जना एउटै वडाका रहेका छन्।
एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा मालारानी गाउँपालिका–५ बागीका चार जनाले उम्मेदवारी दिएका हुन्। उनीहरू सबै एउटै गाउँका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पिताम्बर भुसाल, नेपाली कम्युनिष्ट पार्टीबाट रामबहादुर चौहान, स्वतन्त्र उम्मेदवार रवि शाह र हिमाल भुसाल मालारानी गाउँपालिका–५ बागीका बासिन्दा हुन्।
त्यस्तै, नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका विष्णुप्रसाद खनाल ‘मुस्कान’ मालारानी गाउँपालिका–४ खनकाका निवासी हुन्। यससँगै मालारानी गाउँपालिकाबाट कुल पाँच जना उम्मेदवार रहेका छन्।
अर्घाखाँचीमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक महिलासहित १५ जनाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार












प्रतिक्रिया