काठमाडाैं । नेपाली कांग्रेसले माघ १६ गते मधेस सभा गर्ने भएको छ। जनकपुरमा उक्त सभा हुनेछ। कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई परिचालन गरेर मधेस सभा गर्न लागिएको पार्टीका एक पदाधिकारीले जानकारी दिए।

त्यसका लागि आजको केन्द्रीय समितिमा छलफल भई निर्णय हुनेछ। कांग्रेसले चुनावकेन्द्रित सभाहरू गर्ने तयारी गरेको छ।

advertisement

सभापति गगन थापासहित नेताहरू माघ ११ गते मधेस जानेछन्। १२ गते उनीहरू सर्लाही पुग्नेछन्। सभापति थापा सर्लाही ४ मा उम्मेदवार छन्।

विशेष महाधिवेशनबाट पुस ३० गते गगन थापा सभापतित्वमा नयाँ कार्यसमिति आएको थियो। उक्त कार्यसमितिका पदाधिकारीले आज पदबहाली गर्ने कार्यक्रम छ।

आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्दैछ।

यो केन्द्रीय समितिले भावी प्रधानमन्त्री उम्मेदवारमा सभापति थापालाई तोक्ने निर्णय गर्नेछ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com