बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–९ ताम्सु निवासी ४१ वर्षीय भीमबहादुर थापा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार थापा बिहीबार राति करिब ८ बजे गाउँ नजिकैको पसलबाट घर फर्किने क्रममा बाटोमा लडेर गम्भीर घाइते भएका थिए। उनलाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार मृतकको शरीर र टाउकोमा भित्री चोट लागेको र उपचारमा ढिलाइ भएकाले मृत्यु भएको अनुमान गरिएको छ। हाल शव परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको छ।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार













प्रतिक्रिया