भक्तपुर । मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको छ।

झडप बढेपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गानाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। तर झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। त्यसपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन गरिएको प्रहरीले जनाएको छ।

advertisement

मध्यरातमा भक्तपुर र काठमाडौँबाट पुगेका वारुणयन्त्रले आगो नियन्त्रणमा लिएका थिए। सुधारगृहमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ।

उक्त बाल सुधारगृहमा हाल १४५ पुरुष र २४ महिला गरी १६९ जना रहेका छन्। अहिले स्थिति नियन्त्रणमा आइसकेको भए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मीहरू बाक्लो संख्यामा तैनाथ गरी निगरानी बढाइएको छ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com