काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनपछि पहिलो पटक सानेपास्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको जानकारी दिएका छन्।

शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले बैठक निर्वाचन केन्द्रित महत्वपूर्ण र ऐतिहासिक हुने दाबी गरेका छन्। बैठकले लिने निर्णयले देशभर नयाँ तरंग सिर्जना गर्ने र निर्वाचनमा कांग्रेसप्रति मत आकर्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनी बताए।

advertisement

पौडेलका अनुसार बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसको तर्फबाट देशको प्रधानमन्त्री प्रस्ताव गर्ने विषयलाई पनि कार्यसूचीमा समावेश गरेको छ। उनले भने, “विशेष महाधिवेशनमा गरिएको संकल्पअनुसार कांग्रेसको नेतृत्व र नीति परिवर्तन भइसकेको छ। अब पार्टी देशको नेतृत्व परिवर्तन गर्ने दिशामा अघि बढ्नेछ।”

उनले थपे, “कांग्रेसको नेतृत्व र नीति परिवर्तनपछि देशको नेतृत्व पनि फेर्नेगरी नयाँ प्रस्ताव ल्याउनेछौं। यही संकल्प अनुसार आजको बैठक ऐतिहासिक निर्णय गर्नेछ।”

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com