काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आफूसहित पार्टीका नेताहरूलाई टिकट नदिएकोबारे अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेका धारणाले आफू दुःखी र चिन्तित भएको बताएका छन् । साथै उनले यसबारे आफू फागुन २१ सम्म कुनै टिप्पणी नगर्ने पनि बताएका छन् ।

‘फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्न चाहन्न । मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो’, भट्टराईले सामाजिक सञ्जालमार्फत शुक्रबार भनेका छन्, ‘नो इफ, नो वट । विचलित र निराश छैन ।’ तर उनले अध्यक्षको कुराबाट चिन्तित र दुखी भएको बताएका छन् ।

advertisement

‘यत्ति भन्छु अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु । कसैले पनि जितको ग्यारेन्टी सहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन’, भट्टराईले भनेका छन्, ‘यस विषयमा मलाई थप फोन नगर्नुहोला ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com