काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा एक घरबाट लाखौँको धनमाल चोरी भएको छ। स्थानीय ४३ वर्षीय मोहन बाबु श्रेष्ठको घरमा गए राति अज्ञात समूहले सुनका विभिन्न गरगहना र नगदसहित करिब १६ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको हो।

चोरी भएको धनमालमा महँगा सुनका गहना र उल्लेख्य नगद रहेको बताइएको छ। प्रहरीले घटनाको सूचना पाउनेबित्तिकै घटनास्थल पुगेर मुचुल्का उठाएको छ र अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेकाले उनीहरूको खोजीका लागि महानगरीय प्रहरी वृत्त र मातहतका टोलीहरू परिचालन गरिएको छ।

advertisement

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com