काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई आगामी प्रधानमन्त्रीका लागि औपचारिक उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार उपसभापति विश्वप्रकाश शर्माले बैठकमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावलाई केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा पारित गरेको उनले जानकारी दिए।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार












प्रतिक्रिया