काठमाडौं । कैलाली क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गरेका रेशम चौधरीले आफ्नो उम्मेदवारी खारेजको विरोध गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
निर्वाचन आयोगले बिहीबार उनको उम्मेदवारी खारेज गरेको थियो। रिटको सुनुवाइ माघ ११ गते हुने तय गरिएको छ।
चौधरीले अदालतमार्फत आफ्नो निर्वाचन प्रतिनिधित्व कायम राख्ने दाबी गरेका छन्।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार












प्रतिक्रिया