काठमाडौं । नागरिक अगुवा, लेखक एवं राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । शनिवार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेर पाठक पार्टी प्रवेश गरेका हुन् ।

पाठकलाई सह–संयोजक माधवकुमार नेपाललगायतका नेताले खादामालासहित पार्टीमा भित्र्याएका छन् ।

advertisement

सो अवसरमा संयोजक प्रचण्डले पाठकलाई पार्टीमा भित्र्याउन पाउँदा आफूलाई खुसी र गर्वको महशुस भएको बताए । सह–संयोजक नेपालले पार्टीभित्र पाठकको उपस्थिति सशक्त र प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरे ।

पाठकलाई भित्र्याउँदा नेकपाका अन्य नेताहरू वेदुराम भुसाल, प्रमेश हमाल, रञ्जिता श्रेष्ठ लगायत उपस्थित थिए ।

युग पाठकको नागरिकताको नाम भने दिपककुमार पाठक हो ।  उनका उर्गेनको घोडा र मांगेना पुस्तक चर्चित छन् ।

पाठक अघिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा क्षेत्र नम्बर ५ बाट चुनाव लडेका थिए । उनले ३५६ भोट पाएका थिए ।

प्रकाशित मिति: १० माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com