काठमाडौं । इटहरीमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशवकुमार थेवेका अनुसार शनिबार इटहरीको मुख्य चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ०१–००४ क ३१८१ नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा इटहरी–४ निवासी ४५ वर्षीय पूर्णप्रसाद राईको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि ट्रक चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख थेवेले जानकारी दिएका छन्।
प्रकाशित मिति: ११ माघ २०८२, आइतबार













प्रतिक्रिया