काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटमा सहभागी हुन तयार भएको बताइरहँदा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भने सहभागी नहुने प्रतिक्रिया दिएका छन्।

आइतबार बिहान सामाजिक सञ्जालमा ओलीको सन्देशमा प्रतिक्रिया दिंदै बालेनले भनेका छन्, “७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।” यसबाट स्पष्ट हुन्छ कि बालेन पब्लिक डिबेटमा सहभागी हुने इच्छुक छैनन्।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आतंककारी स्वीकार्न पनि बताएका छन्। बालेनले लेखेका छन्, “आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठीकै छ। नेताहरूको घर कहाँ कहाँ छन्, तपाईंहरूलाई थाहा नै थियो। २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते देश जलाइएको हो। आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने हो? त्यो पछि अरू कुरा गरौँला।”

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com