दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। घोराही उपमहानगरपालिका–२, रामपुर निवासी प्रहरी जवान हरी जिसीको शव घोराही उपमहानगरपालिका–१८ स्थित घरडौरा जंगलमा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिसी यही माघ ८ गते बिहानको ड्युटी सकेर स्कुटी लिएर घरबाट निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए। खोजतलासका क्रममा उनको स्कुटी बाटोमा फेला परेको थियो भने थप खोजी गर्दा जंगलमा झुन्डिएको अवस्थामा शव भेटिएको हो।

advertisement

स्रोतका अनुसार जिसीका बुबा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत थिए। पारिवारिक कारणले बिदा माग्दा नपाएपछि उनी मानसिक तनावमा रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले घटनाको पोस्टमार्टम प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै मृतकको मोबाइलको लक खुलिसकेपछि मात्र मृत्युको वास्तविक कारणबारे थप विवरण खुल्ने बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com