मोरङ । नेपाली कांग्रेस मोरङका नेता तथा मोरङ निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार डा. सुनिल शर्माले आफूलाई ७० हजारभन्दा बढी मत दिएर विजयी गराउन मतदातासँग आग्रह गरेका छन्। यसअघि पनि सो क्षेत्रबाट तेस्रो सर्वाधिक मत प्राप्त गरेको स्मरण गराउँदै उनले आगामी निर्वाचनमा सबैभन्दा धेरै मत ल्याउनेमा आफू विश्वस्त रहेको बताए।

डा. शर्माले सबैभन्दा बढी मतसहित निर्वाचित सांसदको संसदमा उठ्ने आवाज सशक्त हुने र त्यसले देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत अर्थ राख्ने बताए। नयाँ राजनीतिक दलतर्फ संकेत गर्दै उनले वर्तमान राजनीतिक अवस्थालाई ‘कोरोनाजस्तै महामारी’ को संज्ञा दिँदै यस्तो परिस्थितिमा पनि अत्यधिक मतसहित विजयी हुनुको विशेष महत्व रहने धारणा व्यक्त गरे।

advertisement

उनले ७० हजारभन्दा बढी मत प्राप्त गरेर निर्वाचित सांसदले उठाउने विषयवस्तुले नीति निर्माण प्रक्रियामा जनताको आवाज प्रभावकारी रूपमा स्थापित हुने उल्लेख गरे।

डा. शर्माले भने, ‘यो क्षेत्रका जनताले मलाई ७० हजारभन्दा बढी मत दिएर संसदमा पठाउनुभयो भने यसको अर्थ र महत्व अलग हुन्छ। अहिले राजनीतिक रूपमा हावाहुरी चलेको अवस्था छ। यस्तो परिस्थितिमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित सांसदको आवाज बलियो हुन्छ। संसदको रोस्ट्रमबाट उठ्ने आवाजले देशलाई सही दिशामा डोर्‍याउन सकिन्छ, जनताका पक्षमा कानुन संशोधन गर्न सकिन्छ र क्षेत्र नम्बर–३ को आवाज नीति निर्माणमा निर्णायक बन्न सक्छ।’

उनले नेपाललाई शान्ति, स्थायित्व र सुशासनको मार्गमा अघि बढाउन आवश्यक रहेको समेत बताए।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com