काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतले सुनुवाइका लागि पेसी तोकेको छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने गरी पेसी तोकिएको हो। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता गरिएको उनको उम्मेदवारी निर्वाचन आयोगले बिहीबार खारेज गरेको थियो।
प्रकाशित मिति: ११ माघ २०८२, आइतबार













प्रतिक्रिया