काठमाडाैं । माेटरसाइकल दुर्घटनामा परेर प्यूठानका एक जना युवाको मृत्यु भएको छ।
मल्लरानी गाउँपालिका ४ बुढाचौरका २८ वर्षीय विराट सुनारको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी सवार बाग्मती प्रदेश ००३प १६२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
मोटरसाइकल अनियन्त्रित भई सुनारलाई हिजो बेलुकी सडक नजिकै बारीमा पुगेका थिए। उनलाई स्थानीयहरूले आज बिहान देखेका थिए।
सुनार मृत अवस्थामा भेटिएका थिए। शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल बिजुवार लगिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११ माघ २०८२, आइतबार













प्रतिक्रिया