एजेन्सी । बङ्गलादेशमा एक हिन्दु युवकलाई पेट्रोल खन्याएर जिउँदै जलाइएको घटनाले फेरि एकपटक अल्पसंख्यक समुदायको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। नरसिंहदी क्षेत्रमा ग्यारेजमा सुतिरहेका युवकको आगलागीबाट मृत्यु भएको हो ।  मृत्यु हुने चञ्चल चन्द्र भौमिकका रहेकाे बताइएकाे छ।

वरिष्ठ पत्रकार सलाहउद्दीन शोएब चौधरीका अनुसार यो घटना शुक्रबार राति भएको हो। चञ्चल कोमिला जिल्लाको लक्ष्मीपुर गाउँका बासिन्दा थिए । पिताको मृत्यु भएपछि घरको जिम्मेवारी उनकै काँधमा थियो।

advertisement

उनकी आमा बिरामी र एक भाइ दिव्याङ्ग रहेको बताइएको छ। चञ्चल पछिल्लो ६ वर्षदेखि नरसिंहदीमा रुबल मियाँको ग्यारेजमा काम गर्दै आएका थिए।

स्थानीय स्रोतका अनुसार काम सकेर ग्यारेजमै सुतेका चञ्चलमाथि अज्ञात व्यक्तिले पेट्रोल खन्याएर आगो लगाएका थिए । नजिकैको सीसीटीभी फुटेजमा आगो लगाएपछि पनि आरोपी केही समय त्यहीँ उभिएको देखिएको छ । परिवारले यो घटनालाई हत्या भएको आरोप लगाएको छ भने स्थानीयले धार्मिक कारण हुनसक्ने आशङ्का व्यक्त गरेका छन्।

यस घटनापछि बङ्गलादेशका हिन्दु समुदायमा भय र असुरक्षाको वातावरण फैलिएको छ । हिन्दु सङ्गठनहरूले घटनाको कडा निन्दा गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com