काठमाडौं। राष्ट्रिय सभाको महिला सदस्यमा नेकपा (एमाले) की रोशनी मेचे निर्वाचित भएकी छन्। उनले ६४ जना प्रदेशसभा सदस्य र १९९ जना स्थानीय तहका जनप्रतिनिधिको मत प्राप्त गर्दै राष्ट्रिय सभामा आफ्नो यात्रा सुनिश्चित गरेकी हुन्।

मेचेले कूल ७ हजार १७३ मतभार प्राप्त गरेकी छन्। यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी रहेको छ।

advertisement

उनकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नमिता न्यौपानेले २ हजार २६८ मतभार प्राप्त गरेकी छन्। उनलाई २२ जना प्रदेशसभा सदस्यले मत दिएका थिए। कोशी प्रदेशमा नेकपाका १७ जना मात्र प्रदेशसभा सदस्य रहेकामा उनले कांग्रेस, एमाले र जसपा गठबन्धनका पाँच जना प्रदेश सांसदको मत समेत आफूतिर तान्न सफल भएकी थिइन्।

त्यसैगरी, गठबन्धनका स्थानीय तहका १७ जना मतदाताले क्रस मतदान गर्दै नमिता न्यौपानेलाई मत दिएका थिए। कोशी प्रदेशमा स्थानीय तहमा नेकपाका ३६ जना मतदाता रहे पनि नमिताले कूल ५८ जनाको मत प्राप्त गरेकी थिइन्।

गठबन्धनबाट तानिएको मत पर्याप्त नहुँदा नमिता न्यौपाने पराजित भइन् भने फराकिलो मतान्तरसहित झापा धाइजनकी रोशनी मेचे माथिल्लो सदन राष्ट्रिय सभामा निर्वाचित भएकी हुन्।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com