काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभामा पनि अग्रस्थानमा पुगेको छ। आइतबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसका ९ जना उम्मेदवार निर्वाचित भएसँगै पार्टी पहिलो दल बनेको हो।

एमाले र जसपासँग तालमेल गरेर कांग्रेसले १८ मध्य ९ सिट लिएको थियो, जसमध्यै सबै निर्वाचित भएका हुन्।

advertisement

अब राष्ट्रिय सभामा कांग्रेस २५ सिटसहित पहिलो दल बनेको हो। यसअघि कांग्रेसको १६ सिट थियो।

त्यस्तै आजको चुनावबाट कतै उम्मेदवार जिताउन नसकेको नेपाली कम्युनिस्ट पार्टी १८ सिटसहित दोस्रोमा पुगेको छ। यसअघि नेकपा पहिलो दल थियो।

नेकपाका ९ सदस्य आजबाट बिदा भएका छन्।

त्यस्तै एमाले ११ सिटसहित तेस्रो रहँदा राष्ट्रिय जनमोर्चका १ जना सांसद मात्रै रहेका छन्।

राष्ट्रिय सभामा कुल ५९ सदस्य रहन्छन्, जसमध्ये राष्ट्रपतिले ३ जना मनोनीत गर्ने गर्छन्।

चक्रिय प्रणालीमा परिवर्तन हुने राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्षको हुन्छ।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com