काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित भिमान बसपार्कबाट प्रहरीले खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–५ का २५ वर्षीय संगम आचार्य रहेका छन्।

आइतबार बिहान इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ८८६० नम्बरको सवारी साधन जाँच गर्ने क्रममा आचार्यलाई पक्राउ गरेको हो।

advertisement

प्रहरीका अनुसार आचार्यको साथबाट १ सय ९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com