काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चुनावी चिन्हमा मतदान हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसको रूख, नेपाल कम्युनिष्ट पार्टीको रातो तारा र मंगोल नेशनल अर्गनाइजेसनको भाले चिन्हमा मतदान हुनेछ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेसलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि तीन चिन्हमा मात्रै मतदान हुने टुंगो लागेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार निर्वाचनका लागि सुरुमा पाँच दलबाट उम्मेदवारी परे पनि अन्ततः तीन दलका उम्मेदवार मात्र चुनावी प्रतिस्पर्धामा रहने भएका छन्।

advertisement

निर्वाचनमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टीका यशोदा सुवेदी गुरुङ र मंगोल नेशनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ‘नवीन’ उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com