काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा निर्वाचन क्षेत्र नम्बर–५ अन्तर्गत दमक नगरपालिका–९ मा सोमबार बिहान घरदैलो अभियान सम्पन्न गरेको छ। सो अभियानमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) की धर्मपत्नी सविना काफ्लेको उपस्थिति रहेको थियो। घरदैलो कार्यक्रममा उल्लेख्य संख्यामा स्थानीयको सहभागिता देखिएको छ।

माघ १२ गते बिहान ८ बजेदेखि सुरु भएको उक्त अभियान करिब तीन घण्टासम्म सञ्चालन गरिएको थियो। दमक–९ स्थित उराव बस्तीबाट प्रारम्भ भएको घरदैलो कार्यक्रम पाणिनि स्कुल, देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक हुँदै पुनः उराव बस्तीमै पुगेर समापन गरिएको थियो।

advertisement

अभियानका क्रममा रास्वपाका नेताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव संकलन गरेका थिए। स्थानीयबाट प्राप्त सक्रिय सहभागिता र सकारात्मक प्रतिक्रियाले पार्टीको चुनावी अभियानलाई थप उत्साह मिलेको रास्वपाले जनाएको छ।

उक्त घरदैलो कार्यक्रम रास्वपाका नेताहरू तथा पार्टीको चुनाव प्रचार–प्रसार सचिवालयको संयोजनमा सम्पन्न भएको हो। यसैबीच, रास्वपाले सोमबार दिउँसो पनि झापा–५ मा अर्को मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम आयोजना गर्ने जनाएको छ। दिउँसो ३ बजेदेखि कमल गाउँपालिका वडा नम्बर–५ स्थित पाडाजुगी चोकबाट कार्यक्रम सुरु हुने बताइएको छ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com