काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङमा घर प्लास्टर गर्ने क्रममा माटोको ढिस्कोले पुरिएका दुई पुरुषलाई नेपाली सेनाले उद्धार गरेको छ।

घटनास्थलमा गजुरीस्थित भैरव दल गणको टोलीले अन्य सुरक्षा निकायसँग समन्वय गर्दै उद्धार अभियान सञ्चालन गरेको थियो।

सकुशल उद्धार गरिएका दुवै जनालाई तत्काल मलेखु स्वास्थ्य संस्था लगेर उपचार गरिएको छ। अधिकारीहरूले दुबैको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका छन्।

सेनाले समयमै उद्धार कार्य गरेर ठूलो दुर्घटना हुनबाट जोगाएको बताएका छन्।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com