काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सोमबार बिहान उपत्यकाका विभिन्न स्थानमा सरप्राइज चेकिङ गर्दै १०३ चालकलाई कारबाहीमा लिएको छ।
सरकारी ट्राफिक टोलीले सार्वजनिक सवारी, पानी ट्यांकर, फोहार बोक्ने सवारी, एम्बुलेन्स र स्कुल बसलाई लक्षित गरी चेकिङ गरेको थियो। सो क्रममा १३ चालकले मदिरा सेवन गरेर सवारी चलाएको पाइएको छ। जसमध्ये १२ जनालाई नियन्त्रणमा लिएर विभिन्न ट्राफिक वृत्तमा कारबाहीका लागि पठाइएको छ।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार











प्रतिक्रिया