काठमाडौं। निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आचार संहितालाई कडाइका साथ लागू गर्ने भएको छ। आयोगले चुनावमा होमिएका विभिन्न दलका नेताहरूलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोध्ने तयारी गरेको छ।

आयोगले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई बालबालिकाको प्रयोगसम्बन्धी उजुरीका आधारमा स्पष्टीकरण सोध्ने भएको छ। उजुरी अनुसार निर्वाचनमा बालबालिकालाई प्रयोग गरिएको विषयमा आयोगले स्पष्टिकरण माग गर्न लागेको हो।

advertisement

त्यसैगरी, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि स्पष्टीकरण सोध्ने तयारी छ। कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीको उम्मेदवारी दर्ता गर्दा सरकारी गाडी प्रयोग गरेर झापा पुगेको विषयमा आयोगले स्पष्टीकरण माग्ने भएको हो।

यसअघि आयोगले नेकपा नेता शक्ति बस्नेतलाई पनि निर्वाचन आचारसंहिता उल्लंघनको विषयमा स्पष्टीकरण सोधिसकेको छ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com