काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा सोमबार (आज) नेपालगञ्ज पुगेका छन् ।
झापा–५ बाट उम्मेदवारी दर्ता गराएका बालेन पूर्वी पहाडका जिल्लाहरू घुमेर शनिबार काठमाडौं फर्किएका थिए ।
काठमाडौंमा उनले हिजो (आइतबार) दिनभर राजनीतिक भेटघाट गरेका थिए । त्यसपछि उनी आज सुदूरपश्चिमतर्फ लागेका हुन् ।
सचिवालयका अनुसार, उनी बाँके, बर्दिया लगायतका क्षेत्र हुँदै सुदूरपश्चिम जाने कार्यतालिका छ ।
काठमाडौंको मेयरबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका बालेन नेपालगञ्ज पुग्दा समर्थकको उल्लेख्य भीड लागेको छ ।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार













प्रतिक्रिया