काठमाडाैं । भूमध्यसागरमा ५१ जना आप्रवासी बोकेको डुङ्गा डुब्दा डुङ्गामा सवार यात्रुहरु मध्ये एकजना जीवित रहेको पुष्टि भएको छ भने ५० जना अझै बेपत्ता रहेको स्थानीय मिडियाले जनाएको छ ।

जीवितै उद्धार गरएिका व्यक्तीलाई व्यापारी जहाजले उपचारका लागि माल्टाको अस्पतालमा लगेको जनाइएको छ । उहाँका अनुसार उक्त डुङ्गा लिबियाबाट भूमध्यसागरमा आएको थियो भने दुर्घटनाग्रस्त डुङ्गालाई समातेर पानीमा तैरिरहेको अवस्थामा उहाँलाई उद्धार गरिएको थियो ।

advertisement

दुर्घटना पछि, तुरुन्तै खोजी तथा उद्धार कार्य सुरु गरिएको भएता पनि अझै ५० जना बेपत्ता रहेको जनाइएको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) को तथ्याङ्कले यस वर्षको सुरुदेखि भूमध्यसागरमा १४ जना बेपत्ता भई मृत पुष्टि भएको देखाएको छ भने सन् २०२४ मा यो मार्गमा मृत्यु र बेपत्ता हुनेहरूको सङ्ख्या एक हजार ८७३ पुगेको थियो ।

  • रासस

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com