काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि दलसँग चुनावी तालमेलबारे अहिले नसोचिएको बताएका छन्।

झापामा पत्रकारहरूसँगको कुराकानीमा उनले सबै क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको र चुनावी प्रचारप्रसारका काम भइरहेको बताए।

advertisement

‘हामीले १६५ क्षेत्रमै आफ्नो उम्मेदवार उठाएका छौं, झापामा त एमालेको उम्मेदवार भोट मागेर हिँडिरहनुभएको छ, हाम्रो उम्मेदवार पनि भोट मागेर हिँडिरहनुभएको छ। तालमेलको कुनै सम्भावना छैन,’ अध्यक्ष लिङ्देनले भने।

एमाले वा अरू कुनै दलसँग चुनावी तालमेलबारे अहिले नसोचेको पनि उनले बताए।

विगतका निर्वाचनमा झापासहित केही जिल्लामा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको थियो।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com