कर्णाली  । सुर्खेतको वीरेन्द्रनगरमा इभी गाडीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

वीरेन्द्रनगर नगरपालिका–३ लाटीकोइलीका ४२ वर्षीय पदमबहादुर बिसीको उपचारका क्रममा आज कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

advertisement

प्रहरीका अनुसार सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको क.प्र.०२००१ ज ०६२३ नम्बरको इभी गाडीसँग विपरीत दिशाबाट आउँदै गरेको भे ६ प ३३२१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

दुर्घटनापछि गम्भीर घाइते बिसीलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो। घटनामा संलग्न इभी गाडी चालक वीरेन्द्रनगर नगरपालिका–७ का ४४ वर्षीय बालकृष्ण रिजाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com