भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा आज समानुपातिकतर्फका दुई करोड आठ लाख ५० हजार प्रति मतपत्रको छपाइ कार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए।
उनका अनुसार केन्द्रले आजैबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य सुरु गर्नेछ। यसअघि केन्द्रले १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी निर्वाचन आयोगलाई पठाइसकेको जनाएको छ।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार













प्रतिक्रिया