काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका छन्।

सोमबार स्थानहद फुकुवापछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुग्नुभएका मन्त्री लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका हुन्।

advertisement

‘अहिले देश अपठ्यारो अवस्थामा छ,संविधान लिकबाट बाहिर भएको छ,लोकतन्त्र जोखिममा छ,’ लेखकले भने, ‘यस्तो बेलामा सबैसाथीहरु मिलेर कांग्रेसलाई जिताउनुपर्छ बलियो बनाउनुपर्छ।’

उनले कांग्रेसका उम्मेदवारलाई जिताउन सबैले लाग्नुपर्ने बताए। देशको अवस्था सामान्य नभएकाले संविधानको लिकमा ल्याउनका लागि कांग्रेसले जित्नुपर्ने उनको भनाई थियो।

लेखक स्थानहद फुकुवापछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र आएका हुन्। नेपाली कांग्रेसले लेखकको निर्वाचन लड्दै आएको क्षेत्र नम्बर ३ मा कञ्चनपुरका पूर्वपार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com