काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा सोमबार समानुपातिकतर्फका कुल दुई करोड आठ लाख ५० हजार मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएसँगै प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य सुरु गरिएको छ। उनका अनुसार केन्द्रले सोमबारदेखि प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गतको मतपत्र छपाइ थालेको हो।
यसअघि केन्द्रले १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी निर्वाचन आयोगलाई बुझाइसकेको थियो। ती नमुना मतपत्रहरू मतदाता सचेतना कार्यक्रम तथा अन्य प्रयोजनका लागि प्रयोग भइरहेका छन्।
प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार












प्रतिक्रिया