काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफू मधेसलाई नजिकबाट पढ्न र बुझ्न मधेस आएको बताएका छन्। सर्लाही निर्वाचन क्षेत्र नं ४ का मतदातालाई आज सम्बोधन गर्दै सभापति थापाले सुनेको मात्र मधेस होइन, प्रत्यक्ष अनुभव गरेर बुझ्न आएको उल्लेख गरे।

सिमरा विमानस्थलमा अवतरण गरेपछि विभिन्न स्थानमा मधेसका साथीहरूले दिएको आत्मीय स्वागत र मायाले आफू उत्साहित भएको उनले बताए। नेपाली काँग्रेसका नेता भएको हैसियतले मधेसले काँग्रेस र लोकतन्त्रका लागि पुर्‍याएको योगदानबारे आफू जानकार रहेको पनि उनले स्पष्ट पारे।

advertisement

काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधित्व गर्दै मधेसका सवालहरू संसदमा पटक–पटक उठाएको स्मरण गराउँदै थापाले यसपटक मधेस र त्यहाँका समस्यालाई अझ नजिकबाट बुझ्ने प्रतिबद्धता जनाए। मधेसप्रति समर्पित नभई, मधेसलाई आत्मसात् नगरी सम्पूर्ण रूपमा नेपाली हुन नसकिने ठानेर आफू मधेस आएको उनले बताएका छन्।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com