काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट गोरखा–१ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका सुदन गुरुङले आजदेखि घरदैलो अभियान सुरु गर्ने भएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत गोरखाको चुमनुव्री गाउँपालिकाबाट आउँदो निर्वाचनका लागि घरदैलो अभियान सुरु गर्ने बताए । उनले भनेका छन्– ‘आजदेखि  गोरखाको चुमनुव्री गाउँपालिकाबाट आउँदो निर्वाचनका लागि घरदैलो अभियान सुरु गर्दैछु, यो यात्रा कुनै पदको चाहनाले होइन, यो गोरखाको माटोप्रतिको कर्तव्य र देशप्रतिको जिम्मेवारीले सुरु गरेको हो, वीरहरूको भूमि गोरखाले दिएको पहिचान, इतिहास र संस्कारलाई सम्मान गर्दै म तपाईंहरूसामु आएको हुँ ।’

advertisement

गुरुङले थप भनेका छन्– ‘हामीले भोगेका कठिन दिन, अधुरा सपना र अझै बाँकी रहेका कामहरू पूरा गर्न तपाईँहरूको साथ, विश्वास र आशीर्वाद नै मेरो सबैभन्दा ठुलो शक्ति हो । त्यो भरोसाको ऋण म विकास, सुशासन र इमानदार सेवामार्फत तिर्ने वाचा गर्दछु । देशभन्दा ठुलो केही छैन र जनताको सेवाभन्दा ठुलो सम्मान केही छैन । गोरखाको सम्मान, हाम्रो समाजको भविष्य र हाम्रो नेपालका लागि सँगै अघि बढौँ ।’

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com