काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ३ सय बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको हो । यसअघि हिजो सुन तोलामा ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ कायम गरिएको छ । यसअघि हिजो चाँदी तोलामा ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार













प्रतिक्रिया