काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनको बेला नेताहरू र उम्मेदवारहरूद्वारा गरिने अमर्यादित तथा घृणाजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। आयोगले यस्ता अभिव्यक्तिले समाजमा अराजकता निम्त्याउने भएकाले तत्काल रोक्न सचेत गराएको छ।

आयोगले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि यसले अरूको मर्यादामा चोट पुर्‍याउन नहुने र शान्ति सुरक्षामा असर पार्ने गतिविधि गर्नु स्वीकार्य नहुने उल्लेख गरिएको छ। आयोगका अनुसार, निर्वाचनको समयमा घृणाजनक अभिव्यक्तिले सुरक्षा चुनौती थप्ने र लोकतान्त्रिक मूल्य कमजोर पार्ने सम्भावना हुन्छ।

advertisement

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सबै राजनीतिक दलका नेता, उम्मेदवार र सर्वसाधारणलाई सामाजिक सञ्जालमा मर्यादित र शिष्ट भाषा प्रयोग गर्न तथा मानव अधिकारमैत्री अभिव्यक्तिमा सीमित रहन सुझाव दिएका छन्। साथै, आयोगले घृणायुक्त अभिव्यक्तिको प्रचार नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ।

समाजमा विभाजन फैलाउन सक्ने यस्ता गतिविधि रोक्न र शान्ति सुरक्षालाई मजबुत बनाउन आयोगले नेपाल सरकारलाई पनि निर्देशन दिएको छ।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com