काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जालमा स्टन्टबाज गर्दै जनतामा भ्रम फैलाउने काम गरिरहेको आरोप लगाएका छन्।

मंगलबार काठमाडौंमा नेपाली कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एकता पक्षधरसँगको एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीभित्र विचार र सिद्धान्तको अभाव भएकाले निर्वाचनको समयमा सोसल मिडियामा मात्रै स्टन्टबाज गर्ने काम भइराखेको बताए।

advertisement

प्रचण्डले भने, ‘घण्टी बजाएर मात्र हुने केही छैन। यहाँ सिद्धान्तको खडेरी, विचारको अभाव छ। जनताको मन चाट्ने काम सामाजिक सञ्जालमा स्टन्टबाज गर्दै भइरहेको छ। यसलाई हामी सबै एकताबद्ध भएर मात्रै रोक्न सक्छौं।’

उनले सबै वामपन्थी शक्तिहरू एकजुट भएर अघि बढे मात्र मुलुक र जनताको वास्तविक हित सुनिश्चित गर्न सकिने पनि उल्लेख गरे।

‘बाँकी रहेका सबै युवा र पुराना कमरेडहरूले पनि सोच्नुपर्छ। हामी सबै मिलेर एउटा विशाल समाजवादी भवन निर्माण गरौं। यसले मात्र देश र जनताको सेवा गर्नेछ,’ प्रचण्डले जोड दिए।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com