काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालको प्राकृतिक सुन्दरताको प्रचार गरे मात्रै पनि देश समृद्ध हुने बताएका छन् ।

देशको नेतृत्वमा पुगेकाहरुसँग सही भिजन नहुँदा नेपाल प्राकृतिक रूपमा धनी हुँदाहुँदै पनि पछि पररेको उनको भनाइ छ ।

advertisement

मंगलबार बुटवलमा आजपाको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन परिचालन कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले विश्वसम्पदा सूचीमा सूचीकृत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको बृहत्तर एकीकृत विकासको लागि पनि गम्भीर पहल नपुगेको बताए ।

लुम्बिनीको गौरवलाई बढाउनेगरि आगामी दिनमा काम गरिनुपर्ने उनको आग्रह छ ।

लुम्बिनीको ऐतिहासिक महत्व र शान्त वातावरणले विश्वभरका पर्यटकलाई आकर्षित गराउने भएतापनि प्रचार नपुगेको उनले बताए । लुम्बिनीमा मात्रै वर्षमा कम्तिमा पचास लाख पर्यटकले भ्रमण गर्नेगरि योजना बनाएर काम गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com