काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका पूर्वमहामन्त्री विक्रम खनालको पछिल्लो राजनीतिक कदमले उनको राजनीतिक चरित्रमाथि नवलपरासीका रास्वपा नेता कार्यकर्ताहरुले प्रश्न उठाएका छन्।

कांग्रेसबाट टिकट नपाएपछि अन्तिम क्षणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेको घटनालाई ‘क्षणिक राजनितीक स्वार्थको निर्णय’ भन्दै उनको चौतर्फी आलोचना सुरु भएको छ।

advertisement

खनालले रास्वपाको देशव्यापी लोकप्रियता र माहोल देखेर दल परिवर्तन गरेको नवलपरासीका रास्वपा नेता–कार्यकर्ताहरूले बताएका छन्।

खनाल पार्टीमा समाहित हुनु भन्दा पहिले नै टिकट पक्का भइसकेपछि मात्रै रास्वपामा प्रवेश गरेका हुन्, जसले उनको प्रवेशलाई स्वार्थ र तत्कालीन राजनीतिक लाभसँग गाँसिएको देखाएको छ। त्यसकारण निर्वाचनमा उनलाई सहयोग नगर्ने जनाएका छन्।

रास्वपा स्थापना कालदेखि पार्टीलाई बलियो बनाउन खटिएका स्थानीय जिल्ला नेताहरूलाई पन्छाएर पैसा र पहुँचका आधारमा रास्वपाको टिकट काङ्ग्रेस नेतालाई दिइएको भन्दै जिल्लामा तीव्र असन्तुष्टि फैलिएको छ।

टिकटका लागी काङ्ग्रेस नेता खनालको रास्वपा प्रवेशलाई राजनीतिक अवसरवादको ज्वलन्त उदाहरण भएको भन्दै नवलपरासी रास्वपा असन्तुष्ट बनेका छन्। रास्वपा स्थानीय नेता–कार्यकर्ताहरूले आफूहरू र समर्थक जनतामाथि धोका भएको भन्दै पार्टी नेतृत्वप्रति रोष व्यक्त गरेका छन्।

लामो समयसम्म कांग्रेसमा रहेर संगठन निर्माण, नेतृत्व र ‘सिद्धान्तको राजनीति’को वकालत गर्दै आएका खनालले टिकट नपाउने बित्तिकै दल परिवर्तन गर्नुले उनको राजनीतिक नैतिकता र प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाएको छ।

खनालको राजनिती टिकट केन्द्रित सत्ता राजनीतिक दाउपेचको प्रत्यक्ष उपज भएको चर्चा समेत सुरु भएको छ।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com