काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गरेर २१ माघबाट ‘विशेष रणनीति’ लागू गर्दैछ ।

जसअनुसार कांग्रेसका विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरू २१ फागुनसम्म आ-आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने छन् । कांग्रेसको ‘निर्वाचन परिचालन निर्देशिका’ मा ‘विशेष रणनीति’बारे उल्लेख गरिएको छ ।

advertisement

निर्देशिकामा चुनावको अन्तिम ३० दिन ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति समेटिएको छ ।

शर्माको संयोजकत्वमा रहेको चुनाव परिचालन समितिले ‘निर्वाचन परिचालन निर्देशिका’ तयार गर्दैछ ।

केन्द्रीय कार्यालयमा चलिरहेको प्रदेश स्तरीय विशेष आन्तरिक छलफल कार्यक्रममा उपसभापति शर्माले ‘विशेष रणनीति’ बारे जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।

चुनाव परिचालन समितिले आज (बुधबार) गण्डकी प्रदेशको छलफल गर्दै छ । मंगलबार कर्णाली र सुदूरपश्चिमको छलफल सकिएको थियो ।

छलफलमा सम्बन्धित प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने वर्तमान र निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्य, जिल्ला सम्पर्क समितिका सभापति तथा काठमाडौमा रहेका विभिन्न पेशा–व्यवसायमा संलग्न कांग्रेसका शुभेच्छुक र युवा सहभागी छन् ।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com