काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन्। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेकी प्रधानमन्त्री कार्कीले करिब आधा घण्टा राष्ट्रपति पौडेलसँग छलफल गरेकी हुन्।
बिहान १०ः३० बजे सुरु भएको भेटवार्ता करिब ११ बजे सम्पन्न भएको बताइएको छ। स्रोतका अनुसार भेटमा निर्वाचनसम्बन्धी समसामयिक विषयमा कुराकानी भएको भए पनि राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्रीको सचिवालयले औपचारिक रूपमा छलफलका विषयबारे कुनै जानकारी सार्वजनिक गरेका छैनन्।
उक्त भेटलाई हालको राजनीतिक परिस्थितिसँग जोडेर हेरिएको छ।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार













प्रतिक्रिया