काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेसँगै विभिन्न राजनीतिक दलबाट कांग्रेस प्रवेश गर्ने क्रम तीव्र बनेको छ। थापालाई समर्थन जनाउँदै प्रदेशसभा उम्मेदवारदेखि स्थानीय तहका जनप्रतिनिधिसम्म कांग्रेसमा प्रवेश गरेका छन्।

बुधबार सर्लाहीमा आयोजित एक कार्यक्रममा बहुजन पार्टीबाट सर्लाही क्षेत्र नम्बर ४ ‘ख’ का प्रदेशसभा उम्मेदवार कृष्णकुमार कुशवाहसहित गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका हुन्। कांग्रेस सभापति थापाले उनीहरूलाई पार्टीमा स्वागत गर्दै औपचारिक रूपमा प्रवेश गराएका थिए।

advertisement

कांग्रेस प्रवेश गर्नेहरूमा गोडैता नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुजित महतो, वडा नम्बर २ का वडाध्यक्ष अजयप्रसाद शाह, वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश गुप्ता र वडा नम्बर ११ का वडाध्यक्ष विश्वनाथ पण्डित रहेका छन्। उनीहरूले आगामी निर्वाचनमा कांग्रेस उम्मेदवार थापालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसअघि वडा नम्बर १ का वडाध्यक्ष महतो र वडा नम्बर २ का वडाध्यक्ष शाह नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित भएका थिए भने वडा नम्बर ५ का वडाध्यक्ष गुप्ता जनता समाजवादी पार्टी (जसपा) र वडा नम्बर ११ का वडाध्यक्ष पण्डित नेकपा एमालेबाट विजयी भएका थिए।

त्यस्तै, बसबरियाका जसपा नेता मुकेश यादव र वडासदस्य लालु मन्सुर पनि कांग्रेसमा प्रवेश गरेका छन्। कार्यक्रममा नवप्रवेशी नेताहरूले मुलुकको विकासका लागि स्पष्ट भिजन बोकेका नेता थापा आफ्नै क्षेत्रबाट उम्मेदवार बनेकाले उनलाई विजयी गराउन कांग्रेसमा प्रवेश गरेको बताए।

यसअघि सर्लाही क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि कांग्रेसमा प्रवेश गरिसकेका छन्।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com