काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरिएको छ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उक्त प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका हुन्।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालनका क्रममा कुल २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको छ।
आयोगले निर्वाचन प्रक्रिया शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको जनाएको छ।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार












प्रतिक्रिया