एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक भाषणमा अर्को ‘समुद्री युद्धपोत समूह’ इरानतिर अघि बढिरहेको बताएका छन् । उनले उक्त कदमलाई अमेरिकी दबाब र सुरक्षा उपायको रूपमा व्याख्या गर्दै भनेका छन्, उहाँहरूले पहिले नै सन्धिमा सहमति गर्नुपर्थ्याे, आशा गर्छु अब गर्छन् ।

ट्रम्पले यो समूहले आवश्यक परेको खण्डमा सन्धि उल्लङ्घन गर्ने पक्षलाई रोक्न र अमेरिकी सुरक्षालाई सुनिश्चित गर्न रणनीतिक उद्देश्यले तैनाथ गरिएको स्पष्ट पारे । उनले थपे, “यो समूहले ‘सुन्दर तरिकाले’  इरानतिर यात्रा गरिरहेको छ र यसले सम्भावित तनाव नियन्त्रण गर्न सक्ने आशा गरिएको छ ।”

advertisement

अमेरिकी सेनाले पहिले नै युएसएस अब्राहाम लिङ्कन एयरक्राफ्ट क्यारियर समूहलाई मध्यपूर्वमा तैनाथ गरेको थियो । विश्लेषकहरूले ट्रम्पको यो वक्तव्य इरानसँगको सम्बन्धमा तनावपूर्ण सङ्केतको रूपमा व्याख्या गर्न सकिने अनुमान गरेका छन् ।

यस कदमले अन्तर्राष्ट्रिय सुरक्षा र मध्यपूर्वको राजनीतिक वातावरणमा महत्वपूर्ण प्रभाव पार्नसक्ने भएकाले विश्व समुदायले यसलाई नजिकबाट नजर राखिरहेको छ । ट्रम्पको यो चेतावनीले अमेरिकी नीति र सैन्य रणनीतिका विषयमा पनि अन्तर्राष्ट्रिय ध्यानाकर्षण बढाएको छ ।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com