काठमाडौं। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन अभियानलाई व्यवस्थित, प्रभावकारी र अनुशासित ढंगले सञ्चालन गर्न केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न समिति तथा संरचना गठन गर्ने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयबाट जारी परिपत्रअनुसार केन्द्रीय, प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तहसम्म आवश्यक समिति गठन गर्न निर्देशन दिइएको हो। उक्त परिपत्र पार्टीका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले जारी गरेका हुन्।
परिपत्रमा निर्वाचन अभियान व्यवस्थापनका लागि निर्वाचन व्यवस्थापन सचिवालय गठन गरिने उल्लेख छ। सचिवालयले निर्वाचन अभियानलाई व्यवस्थित बनाउने, ५/१ अन्तर्गतका साना सभा व्यवस्थापन गर्ने, प्रदेश र जिल्ला पार्टी कार्यालय तथा भ्रातृ र शुभेच्छुक संस्थासँग समन्वय गर्ने जिम्मेवारी पाउनेछ।
यसैगरी निर्वाचन परिचालन मूल समिति गठन गरिनेछ, जसअन्तर्गत
– राजनीतिक कार्यक्रम व्यवस्थापन उपसमिति
– महिला समन्वय उपसमिति
रहनेछन्।
कांग्रेसले थप रूपमा निम्न समितिहरू गठन गर्ने निर्णय पनि गरेको छः
– निजी क्षेत्र समन्वय समिति
– १८/३० विशेष अभियान समिति
– पूर्वआप्रवासी समन्वय समिति
– स्थानीय प्रशासन समन्वय समिति
– अनुगमन समिति
लक्षित वर्ग र क्षेत्रगत समन्वयका लागि
– लक्षित स्वयंसेवक समन्वय तथा व्यवस्थापन उपसमिति
– श्रमिक क्षेत्र समन्वय तथा परिचालन उपसमिति
– कृषि क्षेत्र समन्वय तथा परिचालन उपसमिति
– यातायात संस्था समन्वय तथा परिचालन उपसमिति
– गुठी संस्था समन्वय तथा परिचालन उपसमिति
गठन गरिनेछ।
यसैगरी कांग्रेसले निर्वाचन प्रचार–प्रसार मूल समिति समेत गठन गर्नेछ। यसअन्तर्गत
– मिडिया समन्वय उपसमिति
– सामाजिक सञ्जाल समन्वय उपसमिति
रहनेछन्। सामाजिक सञ्जालमा फैलाइने गलत सूचना र नकारात्मक प्रचारको प्रतिवाद गर्ने जिम्मेवारी पनि यस उपसमितिलाई दिइनेछ।
त्यस्तै,
– स्थानीय तह समन्वय समिति
– बौद्धिक क्षेत्र समन्वय समिति
– सामाजिक संघ–संस्था समन्वय समिति
– धार्मिक संघ–संस्था समन्वय समिति
समेत गठन गरी निर्वाचन अभियानलाई व्यापक र समावेशी बनाइने कांग्रेसले जनाएको छ।
परिपत्रमा आवश्यकताअनुसार अन्य समिति तथा उपसमिति थप गर्न सकिने र गठन भएका सबै समितिको विवरण केन्द्रीय कार्यालयमा जानकारी गराउन निर्देशन दिइएको छ
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार













प्रतिक्रिया